६ आश्विन २०८१, आइतबार

काबुलको एक मस्जिदको ढोकामा विस्फोटन हुँदा केही नागरिकको मृत्यु

प्रकाशित मिति :  3 October, 2021 6:55 pm


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित आइतबार एक मस्जिदको ढोका अगाडि भएको एक बम विस्फोटनमा केही मानिसहरूको मृत्यु भएको तालिबानका एक प्रवक्ताले जनाएका छन् ।

काबुलको इदगाह मस्जिदलाई लक्षित गरी सो विस्फोटन गरिएको जबिउललाह मुजाहिदले जनाएको एपीले उल्लेख गरेको छ ।

इटलीको कोषमा सञ्चालित काबुलकाो एक एनजीओ अस्पतालको आस्मिक सेवाले चार जना घाइते भएको जनाएका छन् ।

मस्जिद क्षेत्रलाई घेराहालीले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो विस्फोटनको जिम्मेवारी कसैले लिएको छैन् ।



प्रतिक्रिया दिनुहोस !