६ आश्विन २०८१, आइतबार

जापानको सयौं प्रधानमन्त्रीको रूपमा किशिदा निर्वाचित

प्रकाशित मिति :  4 October, 2021 1:50 pm


काठमाडौं । जापानको सयौं प्रधानमन्त्रीको रूपमा फुमिओ किशिदाले विजय प्राप्त गरेका छन् । तल्लो सदनमा सयौं प्रधानमन्त्रीको लागि भएको मतदानमा उनले ४६५ मध्ये ३११ मतद प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेता युकिओ एदानोलाई पराजित गरी सयौं प्रधानमन्त्रीको रूपमा किशिदाको विजय भएको हो । किशिदाले अब आफ्नो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन् ।

एक वर्ष पछि राजीनामा दिएका प्रधानमन्त्री योशिहिदे सुगाको कार्यभार ग्रहण गर्ने भएका छन् । आफ्नो नीतिका बारेमा किशिदाले शुक्रबार जापानी संसदलाई सम्बोधन गर्ने भएका छन् । जापानी मिडियाका अनुसार अक्टोबर ३१मा उनले संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गर्ने भएका छन् ।

विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसकेको ६४ वर्षीय किशिदाले प्रभावशाली कन्जरभेटिभहरू को मत प्राप्त गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !