सुन पाँच सयले रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
आज सुनको मुल्य ९० हजार ३०० कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ रुपैयाँ तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ८९ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।