१३ मंसिर २०८१, बिहिबार

रिलायन्स लाइफले गर्यो ५ प्रतिशत नगद लाभांश घोषणा

प्रकाशित मिति :  5 October, 2021 2:20 pm


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

हिजो बसेको कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ कम्पनीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !