६ आश्विन २०८१, आइतबार

ताइवान सम्झौताबाट अमेरिका चीन बाँधिने अमेरिकी राष्ट्रपति बाइडनको कथन

प्रकाशित मिति :  6 October, 2021 11:47 am


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइनडले ताइवान सम्झौताबाट अमेरिका र चीन बाँधनिे भएको जनाएका छन् ।

आफूसँग राष्ट्रपति सी चिनफिङ ताइवान सम्झौताबाट बाँधिन सहमत भएको बाइडनले जनाएका हुन् ।

यो सम्झौता अनुसार अमेरिकाले एक चीन नीतिलाई मान्दै आएको छ र यसै अनुसार अमेरिकाले ताइवानसँग विशेष अनौपचारिक बलियो सम्बन्ध बनाउन पाउने छ ।

ताइवान र बेइजिङबीचको बढ्दो तनावका बेला अमेरिकी राष्ट्रपति बाइडनद्वारा यो घोषणा गरिएको हो ।

लगातार चार दिनदेखि चीनले ताइवानको हवाई सुरक्षा क्षेत्रमा सेनाका जेट विमानहरू पठाउँदै आएको छ । ताइवानको राष्ट्रिय दिवस अघि राष्ट्रपतिका लागि चिनियाँ सेनाको यो विमान उडान चेतावनीको रूपमा लिइएको थियो ।

ताइवानको आफ्नो संविधान, सेना र लोकतान्त्रिक पद्धतिबाट चुनिएको सरकार रहेको छ । यसले आफूलाई एक सार्वभौम देशको रूपमा प्रस्तुत गर्ने गरेको छ ।

बेइजिङले ताइवानलाई आफ्नो अंग भएको र यसले आफूलाई सार्वभौम हुन नसक्ने बताउँदै आएको छ । साथै यसलाई एकीकृत द्वीपको रूपमा चीनको एक भाग भएको बेइजिङले भन्दै आएको छ ।

एक चीन नीतिमा बाइडन र सी सहमत हुनु भनेको अमेरिका र चीनबीचको सम्बन्धका लागि यो एक कुनेढुङ्गा हो ।

बाइडनले भने “ मैले सीसँग ताइवानको विषयमा कुरा गरेको छु । हामी ताइवान सम्झौताबाट बाँधिन सहमत भयौं ।”

बुधबार ताइवानका रक्षामन्त्रीले चालीस वर्ष यता चीनसँगको सैनिक तनाव सबै भन्दा खराब अवस्थामा पुगेको बताएका थिए ।

अमेरिकाले निरन्तर ताइवानलाई हतियार बिक्री गर्दै आएको छ । ताइवानसँग अमेरिकाको एक ताइवान रिलेसन एक्ट छ । यो एक्टले ताइवानलाई अमेरिकाले सुरक्षा गर्नुपर्ने उल्लेख गरेको छ ।

चीनमा सन्१९४०को गृहयुद्धका बेला ताइवान मुख्यभूमिको नियन्त्रण बाहिर हुन पुगेको थियो । त्यसयता चीनले आवश्यक परेको बेला यसलाई बलपूर्वक मिलाइने बताउदै आएको छ ।

ताइवानले आफ्नो ३ लाख सक्रिय सेना बनाएको छ ।

अधिकांश देशले चीन सरकारलाई मान्यता दिएको छ । अमेरिकाको ताइवानसँग कुनै औपचारिक सम्बन्ध छैन तर एक कानुन छ जसले ताइवानको सुरक्षाको विषय उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !