६ आश्विन २०८१, आइतबार

वैश्विक महामारीका बेला विकसित देशमा ब्याज दर बढाउने न्युजिल्यान्ड

प्रकाशित मिति :  6 October, 2021 12:20 pm


काठमाडौं । न्युजिल्यान्डको केन्द्रीय बैंकले सात वर्ष यता पहिलो पटक ब्याज दर बढाएको छ ।

बढ्दो स्फीति रोक्न न्युजिल्यान्डले ब्याज दर वृद्धि गरेको छ ।

रिजर्भ बैंक अफ न्युजिल्यान्डले नगद दर एक चौथाइ प्रतिशतले बढाएर ०.५ प्रतिशतमा पु¥याएको छ ।

वैश्विक महामारीका बेला विकसित देशहरूमा न्युजिल्यान्ड ब्याज दर बढाउने पहिलो देश भएको छ ।

केन्द्रीय बैंकले अर्थतन्त्रलाई निरन्तर सुधारमा लान अपनाइएका धेरै प्रोत्साहन मापदण्ड हटाउने योजना रहेको जनाएको छ ।

गत वर्षको महामारी मन्दीबाट न्युजिल्यान्डले द्रुतगतिको सुधार पाएको छ ।

कोरोनाभाइरसले गर्दा अर्थतन्त्रलाई पूर्ववत् खुला गर्न समस्या भइरहेको थियो ।

न्युजिल्यान्डको केन्द्रीय बैंकले ऋण लागतमा यसअघि सन् २०१४मा बढाएको थियो । जुलाई २०१४मा मुख्य ब्याज दर ०.२५ प्रतिशतमा झारिएको थियो ।

महामारीको असर कम गर्न केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय वित्तीय निकायहरूले ब्याज दर कटौती गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !