नेकपा एमालेको अवरोधबीच लुम्बिनी प्रदेश सभाको बैठक
प्रकाशित मिति : 6 October, 2021 1:55 pm
रुपन्देही । नेकपा एमालेको अवरोधबीच लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ ।
एमालेले सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गरेको सूचना सदनमा नसुनाएसम्म अवरोध कायमै राख्ने एमालेको अडान छ ।
सभामुख पूर्णबहादुर घर्तीले मुद्धा अदालतमा विचाराधिन रहेकाले सदनले कुनै निर्णय गर्न नसक्ने जानकारी गराउँदै सदनको कामकारबाही अगाडी बढाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले आजै बजेट पेश गर्ने तयारी समेत गरेको छ । मुख्यमन्त्री श्रोतका अनुसार अहिलेसम्म सहमतिका लागि मुख्यमन्त्रीले प्रयास गरेका थिए । तर नेकपा एमालेले अडान कायमै राखेपछि रोकिएका सबै काम अगाडि बढाउने मनस्थिति बनाएका छन् ।