लुम्बिनी तथा स्वर्गद्वारीमा चिनो उद्योग,बुटवल धागो कारखाना सञ्चालनको पहल गर्ने
प्रकाशित मिति : 6 October, 2021 5:13 pm
रुपन्देही । प्रदेश सरकारले लुम्बिनी तथा स्वर्गद्वारी क्षेत्रमा स्थानीय समुदायको सहकारी वा सामुहिक कम्पनी मार्फत स्थानीय हस्तकलामा आधारित चिनो उद्योग स्थापना गर्न सहयोग गर्ने भएको छ ।
लुम्बिनी क्षेत्र र स्वर्गद्वारी जस्ता पवित्र स्थलको माटो वा पानी प्रयोग गरी चिनोको रुपमा विभिन्न कलात्मक सामग्रीहरू निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने भएको हो ।
लुम्बिनी प्रदेश सभामा अर्थसम्बन्धी विधेयक पेश गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कपिलवस्तुमा कागज उद्योगको सम्भाव्यता अध्ययन गरी उद्योग स्थापनाको कार्य अघि बढाइने समेत जानकारी दिए ।
बुटवल धागो कारखानालाई पुनर्संरचना गरी सञ्चालनमा ल्याउन र कपास खेतीलाई विस्तार गर्न सम्भावना अध्ययन सहितको कार्य अघि बढाइने विधेयकमा उल्लेख छ ।