९ माघ २०८१, बुधबार

लुम्बिनी प्रदेश सरकारले ल्यायो रु.४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट

प्रकाशित मिति :  6 October, 2021 5:33 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट ल्याएको छ ।

नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट खारेज गर्दै संयुक्त गठबन्धन सरकारले नयाँ बजेट ल्याएको हो ।

कुल विनियोजन रकम मध्ये चालुतर्फ रू. १३ अर्ब ६४ करोड ५७ लाख १० हजार अर्थात् ३३.३१ प्रतिशत र पुँजीगततर्फ रू. २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार अर्थात् ५४.८७ प्रतिशत रहेको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि रू.४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । कूल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.८२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रू. ५ अर्ब ९ करोड ५६ लाख ६४ हजार, राजश्व बाँडफाँटबाट रू.१३ अर्ब १७ करोड २० लाख, रोयल्टी बाँडफाँटबाट रू.१ अर्ब १ लाख ५० हजार, वित्तीय समानीकरण अनुदानबाट रू. ८ अर्ब २ करोड ५७ लाख, सशर्त अनुदानबाट रू. ६ अर्ब ३३ करोड ९३ लाख ९८ हजार, समपूरक अनुदानबाट रू. ७२ करोड १६ लाख, विशेष अनुदानबाट रू. ६३ करोड ४९ लाख प्राप्त हुने अनुमान गरिएको गरेको छु ।

साथै गत आर्थिक वर्षको विनियोजित रकमबाट रू. ३ अर्ब ९० करोड २ लाख ८८ हजार बचत रहेको छ। यस प्रकार कूल व्यय अनुमानमा न्यून हुने रू. २ अर्ब ७ करोड आन्तरिक ऋणबाट व्यहोरिने आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !