९ माघ २०८१, बुधबार

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै अर्घाखाँचीमा नेकपाको प्रर्दशन

प्रकाशित मिति :  6 October, 2021 5:57 pm


अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले तीन बुँदे सहमति कार्यान्वयन,सम्पूर्ण राजबन्दीको रिहाइको माग गर्दै विरोध प्रर्दशन गरेको छ ।

केन्द्रीय कार्यक्रम अनुसार नेकपा अर्घाखाँचीले विरोध प्रर्दशन गरेको हो । प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले तीन बुँदे सहमति कार्यान्वयनमा वर्तमान सरकारले कुनै ध्यान नदिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य चिन्तनले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गदै आफूहरू इमानदारीपूर्वक सहमति अनुसार अघि बढेको तर राज्य सहमतिप्रति इमानदार नबनेको आरोप लगाए ।

उनले सहमति अक्षरस पालना गरि सम्पूर्ण राजबन्दी रिहाई नगरे आफूहरूले कडा संघर्ष गर्ने बताए ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सदस्य नविनले तीन बुँदे सहमति उल्लंघन गरेर आफूहरूसँग भएको सहमतिलाई कार्यान्वयन नगरे देश युद्धको भूमरीमा फस्ने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !