९ माघ २०८१, बुधबार

प्रदेश नम्बर २ का मुख्यन्त्री राउतलाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  6 October, 2021 6:41 pm


काठमाडौं । प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् ।

जसपा विभाजनपछि मुख्यमन्त्री राउतले आज प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । राउतलाई राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले मतदान गरेका थिए ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ र विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद अनुपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस !