माओवादी केन्द्रले सरकारमा सहभागि हुने तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगायो
प्रकाशित मिति : 6 October, 2021 6:55 pm
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागि हुने तीन मन्त्री र एक राज्यमन्त्रीको छनौट गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा सरकारमा सहभागि भइसकेका छन् । मन्त्रालयको जिम्मेवारी भने माओवादी केन्द्रले सार्वजनिक गरेको छैन ।