९ माघ २०८१, बुधबार

सरकार पूर्णता पाउन अझ ढिला हुने

प्रकाशित मिति :  7 October, 2021 5:42 pm


काठमाडौं । सत्ताधारी दलहरू बीच देखिएको मतभेदले सरकाार पूर्णता हुन अझ ढिला हुने देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भोलिमा सरकारले पूर्णता पाउने बताइरहेको भएपनि बिहीबार बालुवाटारमा बसेको सताधारी गठबन्धनको बैठकले त्यसको निक्र्यौल गर्न नसकेको हो ।

माओवादी केन्द्रले आफ्नो तर्फबाट सहभागी हुने मन्त्रीहरूको नामावली तय गरेपनि नेकपा एकीकतृ समाजवादी र जनता समाजवादी पार्टीले आआफ्नो तर्फबाट सहभागी हुने मन्त्रीको सूची सार्वजनिक गर्न सकेका छैन् ।

दुवैका दलका नेता मधवकुमार नेपाल र उपेन्द्र यादवले नै सहभागी हुने मन्त्रीको सूची तय गर्ने जिम्मा पाए पनि सत्ताधारी दल नेपाली कांग्रेसको तर्फबाट प्रस्तुत भएका एजेन्डामा उनीहरूले सहमति जनाउन सकेका छैनन् ।

हाल विभिन्न प्रदेश र संघीय सरकारमा सत्ताधारी गठबन्धनका दलहरूले आआफ्ना हिसाबले सरकारमा सहभागिता जनाउने योजना बनाएकाले सरकारको टुङ्गो लाग्न नसकेको हो ।

तार बालुवाटार स्रोतले शुक्रबार संघीय सरकारको निक्र्यौल हुने जनाएपनि त्यो सम्भावना कम रहेको एक नेताले जनाएका छन् ।

जनमोर्चाले सहभागिता नजनाउने स्पस्ट पारेपछि चार दलमा बराबरी हिस्सा हुनुपर्ने सुरुको सहमतिमा केही हेरफेर हुन पुगेको र प्रदेशमा पनि दलहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने भएकोले अझ पनि केही समय लाग्ने उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले सपथ लिएको तीन महिना हुन लागेको बेलासम्म सरकारले पूर्णता नपाएकोमा उनको बाहिर व्यापक आलोचना भइरहेको छ ।

कतिपयले सत्ताधारी दलले आफ्नो कुरो नमाने निर्वाचनमा जान सक्ने मनसाय देउवाले बोकेको हुन सक्नेमा शंका गर्ने ठाउँ नरहेको ती नेताले जनाए । राजनीतिमा सबथोक सम्भव हुन्छ ।



प्रतिक्रिया दिनुहोस !