कीर्तिमानी पर्वतारोही पुर्जा तेस्रो पटक धौलागिरिमा
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले आज बिहान उक्त हिमाल आरोहण गरेका हुन् ।
प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ”, स्टाटसमा उल्लेख छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गरेका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको ९८१६७ मि० आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गरेका थिए ।