९ माघ २०८१, बुधबार

स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मा

प्रकाशित मिति :  8 October, 2021 4:24 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरि जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी पाएपछि श्रेष्ठले भनेका छन्,“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु । उक्त जिम्मेवारीमा छँदा यहाँहरूको सहयोग, सुझाव, आलोचना तथा हौसलाका लागि हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु ।”

आगामी दिनमा प्रधानमन्त्री र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्ने श्रेष्ठले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !