६ आश्विन २०८१, आइतबार

ताइवान चीन एकीकरण हुने चिनियाँ राष्ट्रपति सीको विश्वास

प्रकाशित मिति :  9 October, 2021 2:37 pm


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान चीन एकीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

चीनको राष्ट्रिय कायाकल्प यथार्थ भएपछि यो एकीकरणको समस्या समाधान हुने उनले बताए ।चिनियाँ क्रान्तिको एक सय दशौं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति सीले भने “विगतका एक सय दश वर्षहरूले हामीलाई राष्ट्रिय कायाकल्पको अनुभव गराएका छन् , चिनियाँ जनतासँग हामीलाई अगाडि बढाउन एक बलियो शक्ति हुनैपर्छ र त्यो शक्ति भनेको चिनियाँ कम्युनिस्ट पार्टी हुन्छ ।”

कम्युनिस्ट पार्टी बिना ,कुनै नयाँ चीन हुने छैन र कुनै नयाँ राष्ट्रिय कायाकल्प हुने छैन भन्ने विषयमा जोड दिँदै राष्ट्रपति सीले चिनियाँ राष्ट्र र जनताका लागि सदैव पार्टी दृढतापूर्वका सर्वाधिक भरपर्दो मेरुदण्डको रूपमा उभिएको भन्ने सुनिश्चित गर्न प्रयासहरू गर्नुपर्ने बताए ।

चिनियाँ शैलीको समाजवादले चीनको एक मात्र बाटो भएको प्रमाणित भएको उनले बताए । चीनले विश्व शान्तिका लागि योगदान दिने र अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्न योगदान दिने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !