६ आश्विन २०८१, आइतबार

आइल्यान्डमा मोडर्ना खोप सबै उमेरका लागि वर्जित

प्रकाशित मिति :  9 October, 2021 3:33 pm


काठमाडौं । आइल्यान्डले मोडर्ना खोप सबै उमेरका लागि वर्जित गरेको छ । मुटुको समस्या निम्त्याउने भएकाले मोडर्नाको खोप सबै उमेरका लागि निषेधित गरिएको हो ।

मोडर्नाको स्पाइकभ्याक्स गएको दुई महिनामा दिइएको हो । आइल्यान्डका ७५ प्रतिशतलाई पूर्ण खोप दिइसकिएको छ ।
फाइजरका खोप अठार वर्ष मुनिका लागि दिन सिफारिस गरिएको छ । तीस वर्ष मुनिका वा सन् १९९१ यता जन्मेका मानिसहरूलाई मोडर्नाको खोप लगाउन नहुने सिफारिस गरिएको छ ।

आइल्यान्डले यस्तो घोषणा गर्न अघि स्विडनले पनि मोडर्ना खोप सबै उमेर समूहका लागि वर्जित गर्ने घोषणा गरेको थियो ।
मोडर्ना खोप लिएकाहरूमा माइकार्डिटिस र पेरिकार्डिटिस समस्या हुने गरेकोले यसमा रोक लगाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !