नेपाल बङ्गलादेश बैंकद्वारा १२ प्रतिशत बोनस सेयर घोषणा
प्रकाशित मिति : 10 October, 2021 12:04 pm
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयर धनीलाई १५.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको आज असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।