आजसम्म सेयर किन्नेले युनिलिभरको लाभांशमा सहभागी हुन पाउने
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले घोषणा गरेको नगद लाभांश सुरक्षित गर्ने आज (असोज २४ गते) अन्तिम दिन रहेको छ ।
संचालक समितिले प्रस्ताव गरेको प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभाशं वितरण गर्न कम्पनीले भोलि (असोज २५ गते) बुक क्लोज गर्ने निर्णय गरेको हो ।
जसअनुसार आज (असोज २४ गते) सम्म काम सेयरधनीले उक्त लाभांशमा सहमागी हुन पाउने छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको २८ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक ११ गते आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले दिउँसो पौने ४ बजे डिजिटल माध्यामबाट भर्चुअल सभा गर्ने जनाएको छ।
सोही सभाले आर्थिक वर्ष २०७७/८८ प्रस्तावित लाभांश अनुमोन गर्नेछ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभा सम्पन्न भएको ४५ कार्यदिनभित्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।