१३ मंसिर २०८१, बिहिबार

२९ प्रतिशत लाभांश पारित गर्न शिवम् सिमेन्टे बोलायो साभारण सभा

प्रकाशित मिति :  10 October, 2021 1:35 pm


काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ । संचालक समितिले प्रस्ताव गरेको २९ प्रतिशत नगद लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७र७८ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको २९ प्रतिशत नगद लाभांश ९करसहित० अनुमोदन गर्नेछ।

कम्पनीले चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुमात्र उक्त लाभांशमा सहभागी हुन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !