लुम्बिनी पुँजीबजार लगानीकर्ता संघ गठन
काठमाडौं । लुम्बिनी प्रदेशमा छरिएर रहेका पुँजीबजार लगानीकर्ताहरू संगठित भएका छन् ।
लगानीकर्ताहरूको आज दाङमा भएको भेलाले युवराज पोख्रेलको अध्यक्षतामा लुम्बिनी पुजीबजार लगानीकर्ता संघ गठन गरेका गरेको हो ।
संघको संघको उपाध्यक्षमा इश्वरी घिमिरे, सचिवमा सरु खनाल, सहसचिवमा शालिक राम कालाथोकी, कोषाध्यक्षमा बेदु अधिकारी, सदस्यहरूमा खगेश्वर कालाथोकी, पवन अधिकारी, शुसील पोख्रेल, सम्हिता अधिकारी, तेज कुवँर, मान बहादुर महरा रहेका छन् ।
विगत लामो समयदेखि सामाजिक सञ्जालमा छलफल गर्दै गरेका र विगतमा जमघट गरि गठन गर्ने प्रयास गर्दा पनि कोरोनाको कहरले गर्दा सफल नभएको उनीहरूको भनाइ थियो । दाङ लगायत आसपास जिल्लामा लगानीकर्ता थुप्रै भएपनि लगानीकर्ताको हकहितको लागि काम गर्ने निकाय नभएकोले गठन गरिएको सहभागिहरूले बताएका छन ।
संघले लगानिकर्ताहरूलाइ आधारभूत र प्राविधिक पक्षको तालिम दिने,नयाँ लगानिकर्ताहरूलाई बजार प्रवेशको वातावरण सहज बनाउने, बजारको घटनाक्रमको बारेमा जानकारि पनि दिने बताइएको छ ।
नवनियुक्त अध्यक्ष पोख्रेलले आफू एक्लैले मात्र नभइ समग्र लगानिकर्ताको हितका लागि संघले काम गर्ने र सेबोनमा दर्ताको प्रक्रियामा लाग्ने बताए ।
प्रदेशमा छरिएर रहेका सबै लगानिकर्ताहरूलाई एकतित्र पार्ने र टिम बजबुत बनाइ कार्य थालनी गर्ने जानकारी दिए ।