६ आश्विन २०८१, आइतबार

रुसी सहर मेन्जेलिन्स्कमा विमान दुर्घटना सोह्रको मृत्यु

प्रकाशित मिति :  10 October, 2021 2:13 pm


काठमाडौं । आकाशबाट हामफाल्ने २० भन्दा बढी स्काइडाइभर सवार रहेको एक विमान रुसी सहर मेनजेलिन्स्कमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने अन्य साता जना घाइते भएका छन् ।

आपत्कालीन मन्त्रालयले मिडियालाई दिएको जानकारी अनुसार कुनै स्थानीय क्लबको स्वामित्वमा रहेको एफ–फोरहन्ड्रेड टेन हलुका विमान उडान भरेको केही बेरमै भूमिमा ठोक्किएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

विमानको पखेटा ध्वस्त भएको तर पुच्छर ठिक रहेको छ । २३ जना सवार त्यो विमानमा अधिकांश स्काइडाइभरहरू थिए ।

प्रारम्भिक समाचार अनुसाार १६ जनाको मृत्यु भएकाो छ । ७ जना घाइतेलाई विमानबाट उद्धार गरिएको छ ।

एल –फोरहन्ड्रेडटेन टरबोलेट दुई इन्जिन भएको सानो दूरीको यातायातका लागि उपयोग गरिने विमान हो ।



प्रतिक्रिया दिनुहोस !