६ आश्विन २०८१, आइतबार

पाकिस्तानको परमाणु बमको पिताको निधन

प्रकाशित मिति :  10 October, 2021 3:53 pm


काठमाडौं । पाकिस्तानको परमाणु बमको पिताको रूपमा चिनिएका डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ ।

पाकिस्तानलाई परमाणु बम बनाइदिएर पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न पहिलो इश्लामिक देश बनाएका डा खानलाई कोभिड –१९ संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो ।

तर पछि परमाणु बम बनाउने गुप्त दस्तावेज उत्तर कोरिया र इरानलाई दिएको समाचार सार्वजनिक भएपछि उनको अन्तर्राष्ट्रिय छविमा ह्रास आएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले एक राष्ट्रिय चेहरा गुमाएको भनी टिप्पणी गरेका छन् ।

पाकिस्तानको राजधानी इश्लामाबाद नजिक कहुतामा पहिलो परमााणु प्रशोधन प्लान्ट स्थापना गरिएको थियो । सन् १९९८मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो ।

खानको सहयोगमा भारतपछि पाकिस्तानले परमाणु शक्ति सम्पन्न देश बन्न पुगेको थियो ।

तर सन् २००४मा परमाणु प्रविधि, इरान, लिबिया र उत्तर कोरियालाई बेचेको अभियोगमा खानलाई हिरासतमा परेका थिए ।

उनले आफ्नो गल्ती टेलिभिजनमा मागेका थिए । पाकिस्तानका राष्ट्रपति परवेज मुसर्रफद्वारा माफी पाए । तर उनलाई सन् २००९सम्म घरमा नजरबन्द गरिएको थियो ।

पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले “उनले परमाणु शक्ति सम्पन्न बनाएर देशलाई कहिल्यै नबिर्सिने गुण लगाएका छन् ।”

 



प्रतिक्रिया दिनुहोस !