६ आश्विन २०८१, आइतबार

दमस्कसमा दुई विस्फोटन हुँदा दर्जन बढीको मृत्यु

प्रकाशित मिति :  20 October, 2021 1:23 pm


काठमाडौं । सिरियाको दमस्कसमा दुई विस्फोटन हुँदा दर्जन बढीको मृत्यु भएको छ ।

दमस्कसको एक पुल पार गरेलगत्तै संदिग्ध आतंकावादी आक्रमणमा एक पर्न गएको थियो । दुई विस्फोटक पदार्थ सो बसमा सेट गरिएको स्थानीय मिडियाले जनाएको छ ।

साना न्युज एजेन्सी अनुसार सो विस्फोटनमा १३ जनाको मृत्यु भएको हो । त्यो बसले सिरियाली सेनाका जवानलाई बोकी हिँडेको थियो । सम्भवतः कुनै आक्रमणका लागि सो बसबाट सेनाका जवान गइरहेका थिए ।

बुधबार सो विस्फोटन मध्य दमस्कसको हाफेज अल असद पुलमा भयो । तेस्रो बमलाई बम स्क्वाडले निष्क्रिय पारेको छ ।
विस्फोटनका तस्विर र फुटेज सार्वजनिक सञ्जालमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस !