बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएकोप्रति दुःख व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले अनपेक्षित रुपमा आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको बताएका हुन् ।
उपराष्ट्रपति पुनले भनेका छन्,“ देशभर बाढीपहिरोमा परी बेपत्ता हुनुभएकाहरुको अवस्थाको बारेमा अत्यन्तै चिन्तित छु । उहाँहरुको खोजमा संघीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयास अझै प्रभावकारी बन्ने विश्वास लिएको छु ।”
उपराष्ट्रपतिको नीजि सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,को छ,“बाढी पहिरोको जोखिममा रहनुभएकाहरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि भइरहेको कार्यलाई तिव्र बनाउन ध्यानाकर्षण गराउदछु । विस्थापितहरूका लागि प्रयाप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु ।”
उपराष्ट्रपति पुनले बाढीपहिरोका कारण जीवन गुमाउनु भएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरबिहिन भएकाहरूको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।