६ आश्विन २०८१, आइतबार

हाइपरसोनिक मिसाइलको अमेरिकी हल्ला सेना विस्तार गर्ने बहाना भएको चीनको भनाइ

प्रकाशित मिति :  20 October, 2021 1:48 pm


काठमाडौं । अमेरिकाले हाइपरसोनिक मिसाइलको चीनले परीक्षण ग-यो भनी गरेको हल्ला अमेरिकी सेना विस्तार गर्ने मात्र बहाना भएको चीनले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले हाइपरसोनिक मिसाइल परीक्षणको अमेरिकी हल्ला उसको सैनिक विस्तारको योजनाका लागि आवश्यक बहाना भएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीन खतरा सिद्धान्तलाई अमेरिकाले निरन्तर बढाइचढाइ गर्दै आएको भनी हाइपरसोनिक मिसाइल परीक्षणको विषयलाई विरोध गरेका छन् ।

उनले बेइजिङको एक मात्र उद्देश्य भनेको आत्मसुरक्षा भएको र चीन परमाणु हातहतियारको दौडमा कुनै पनि देशसँगको प्रतिस्पर्धामा नरहेको स्पष्ट पारे ।

उनले भने “ आवश्यक सैनिक सक्षमताहरूको चिनियाँ विकास समग्ररूपमा राष्ट्रिय सुरक्षा स्वार्थहरूको वैधानिक सुरक्षा दिनलाई हो । चीनको शक्तिको वृद्धि शान्तिपूर्ण शक्तिको वृद्धि हो ।”

साथै उनले चिनियाँ सार्वभौमिकतालाई चुनौती नदिए कुनै देशलाई चीनसँग लड्नु नपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !