६ आश्विन २०८१, आइतबार

सुँगुरको मिर्गौला मानव शरीरमा काम गर्‍यो

प्रकाशित मिति :  20 October, 2021 4:09 pm


काठमाडौं । न्युयोर्कका शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरेपछि त्यो मिर्गौलले सामान्यरूपमा काम गर्न थालेको पाइएको छ ।

वैज्ञानिक क्षेत्रमा यो एक क्रमभङ्ग हुन पुगेको हो । मिर्गौलाका गम्भीर रोगीका लागि आवश्यक हुने मिर्गौलाको आपूर्ति सहज हुन सक्ने देखिएको समाचार न्युयोर्क टाइम्सले छापेको छ ।

यद्यपि यसबारे केही सवाल अझ अनुत्तरित रहेको भएपनि मस्तिष्क मृत घोषित(ब्रेन डेड ) गरिएका एक बिरामीमा सुँगुरको मिर्गौला प्रत्यापन गरिएको थियो ।

अनुसन्धानमा संलग्न नरहेका जोन होपकिन्स स्कूल अफ मेडिसिनमा प्रत्यारोपन शल्यचिकित्सा विभागका प्रोफेसर डा. डोरी सेगेभले भने “प्रत्यारोपित अङ्ग कति समय बाँच्ने हो त्यसबारे जान्नुपर्ने आवश्यकता हामीलाई हुन्छ । तर आफैमा यो धेरै ठूलो सफलता हो ।”

अनुसन्धानकर्ताहरूले मानिसमा प्रत्यारोपण गर्न समुचित सुँगुरहरूको अङ्ग लामो समयदेखि विकास गर्न खोजेका थिए ।

मुटु ,फोक्सो र कलेजो जस्ता अङ्गको तत्काल प्रत्यारोपण गर्नुपर्ने अमेरिकीहरूको संख्या १ लाख भन्दा बढी रहेको छ । मिर्गौलाकै आवश्यकता भएकाहरूको संख्या पनि ९० हजार बढीको सूची रहेको देखिएको छ । यो सूचीका १२ जना हरेक दिन मर्ने प्रतिक्षा सूचीमा रहेका छन् ।

यसका अतिरिक्त ५ लाख भन्दा बढी अमेरिकीहरू डइलाइसिस गरी बाँच्नु परेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !