६ आश्विन २०८१, आइतबार

फेसबुकलाई पाँच करोड पाउन्डस्टर्लिङको जरिवाना

प्रकाशित मिति :  20 October, 2021 5:41 pm


काठमाडौं । फेसबुकलाई पाँच करोड पाउन्डस्टर्लिङ जरिवाना गरिएको छ ।

सूचनासम्बन्धी नीतिको उल्लंघन गरेका कारण फेसबुकलाई सो जरिवाना गरिएको हो ।

बेलायतको प्रतिस्पर्धासम्बन्धी निगरानी राख्ने निकायले फेसबुकलाई यस्तो जरिवाना गरेको छ ।

बेलायतको कम्पिटिसन एन्ड मार्केट्स अथरिटीले भिडियो डेटाबेस कम्पनी गिफी खरिद सम्बन्धी जारी गरेको आदेश फेसबुकले उल्लंघन गरेकोले उसलाई ५ करोड ५ लाख पाउन्डस्टर्लिड बराबरको जरिवाना तोकेको हो ।

फेसबुकले कम्पिटिसन एन्ड मार्केट अथरिटीलाई उपलब्ध गराउनुपर्ने सबै सूचना बेलायतीय नियामकलाई जानी जानी उपलब्ध नगराएको जनाउँदै सो जरिवाना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नियामक निकायले फेसबुकलाई पटक पटक जानकारी दिन भनेको तर जानकारी उपलब्ध नगराएको विज्ञप्तिमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !