६ आश्विन २०८१, आइतबार

युरोपियन आयोगका अध्यक्षद्वारा ग्यास मूल्य वृद्धिका कारण युरोपियन व्यवसाय बन्द हुने चेतावनी

प्रकाशित मिति :  21 October, 2021 2:04 pm


काठमाडौं । युरोपियन युनियनका अध्यक्ष उर्सुला भन डर लेयेनले ग्यास मूल्य वृद्धिले युरोपियन युनियनका उद्योग व्यवसाय बन्द हुने जोखिम बढेको चेतावनी दिएकी छिन् ।

नोभेम्बरको मूल्य निदरल्यानडमा प्रति मेगावाट प्रति घन्टा ९६ युरोको बिजुली मूल्य हुने टीटीएफमा देखिएको छ ।

मंगलबार ग्यासको मूल्य युरोपा २० प्रतिशत बढीले बढेको देखियो । यो मूल्यमा वृद्धि हुने कारण चिसो मौसम आउन लागेको हो ।

ठिक यही बेला रुसले नोर्ड स्ट्रिम्प टु पाइपलाइन युरोपका लागि ग्यास आपूर्तिको वैकल्पिक परियोजना निर्माण भएको छ । यो सञ्चालनका लागि सरकारी बाधा रहिआएको छ ।

युरोपेली आयोगकी अध्यक्षले अहिलेको पेट्रोलियम पदार्थको मूल्यले विद्युतको लागत युरोप भर बढाउने चिन्ता व्यक्त गरेकी छिन् ।

यसले घरपरिवारमा आपूर्ति हुने बिजुलीको अभाव हुने र कम्पनीलाई तिर्न समस्या भइ बन्द हुने जोखिम बढेको उनले जनाइन् ।



प्रतिक्रिया दिनुहोस !