६ आश्विन २०८१, आइतबार

चीन पछि भारत एक अर्ब खोप लगाउने देश बन्यो

प्रकाशित मिति :  21 October, 2021 2:34 pm


काठमाडौं । सवा अर्ब जनसंख्या भएको भारतमा एक अर्ब कोरोनाभाइरस खोप लगाइएको छ । बिहीबार बिहान १० बजेर दुई मिनेट जाँदा भारतमा एक अर्ब खोप लगाएको आँकडा पूरा भयो ।

एक अर्ब पुगेको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राममनोहर लोहिया अस्पताल पुगेका थिए । करिब २० मिनेटसम्म अस्पतालमा रहेका प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मी, अपाङ र सुरक्षाकर्मीहरूसँग कुराकानी गरेका थिए । मोदीको उपस्थितिमा बनारसका अपाङ अरुण रायले एक अर्बौ खोप लिएका थिए ।

यो उपलब्धिप्रति विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री मोदी,देशका चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू तथा आम मानिसलाई बधाई दिएको छ ।

भारतमा १६ जनवरीदेखि कोरोनाखोप दिन सुरु भएको थियो । अन्तिम २० करोड मात्रा दिन ३१ दिन लागेको थियो । ७५ प्रतिशत युवा कम्तीमा एक मात्रा खोप लिइसकेका छन् ।

३१ प्रतिशत जनसंख्याले दुवै मात्रा लिइसकेका छन् । विश्वभर चीन पछि भारतमा यति धेरै खोपको मात्रा दिइएको हो । चीनले एक अर्ब खोप सेप्टेम्बरमा पूरा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !