६ आश्विन २०८१, आइतबार

ट्रम्पले ल्याउने भए आफ्नै सोसल मिडिया ‘ ट्रुथ सोसल’

प्रकाशित मिति :  21 October, 2021 2:47 pm


काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपटि डोनाल्ड ट्रम्पले आफ्नै सोसल मिडिया ‘ट्रुथ सोसल’ ल्याउन लागेका छन् ।

गत जनवरी ६मा ट्रम्पका समर्थकले अमेरिकाको संसद भवनामाथि आक्रमण गरेयता ट्वीटर र फेसबुकले उनको खाता बन्द गरेको थियो ।

ट्रम मिडिया एन्ड टेक्नोलोजी ग्रुप टीएमटीजीले ट्रुथ सोसल नेटवर्क सञ्चालनमा ल्याउने भएको छ ।

ट्रम्पले भने “ मैले ट्र्थ सोसल र टीएमटीजीको सिर्जना गरेको छु । क्रुर ठूला टेक कम्पनीको विरूद्धमा उभिन मैले यो सोसल नेटवर्क खोलेको छु । तालिबानको ठूलो उपस्थिति भएको ट्वीटर भएको विश्वमा बाँचिरहेका छौं जहाँ तपाईका लोकप्रिय अमेरिकी राष्ट्रपतिलाई बन्द गरिएको छ । त्यसैले सबैको बोली अटाउने गरी यो सोसल नेटवर्क स्थापना गरेका छौं ।”



प्रतिक्रिया दिनुहोस !