६ आश्विन २०८१, आइतबार

बारबादोसको पहिलो राष्ट्रपतिमा ७२ वर्षीया महिला निर्वाचित

प्रकाशित मिति :  21 October, 2021 4:32 pm


काठमाडौं ।बेलायती उपनिवेशबाट स्वतन्त्र भएको बारबादोसको पहिलो राष्ट्रपतिको रूपमा ७२ वर्षीया एक  महिला निर्वाचित भएकी छिन् ।

राष्ट्रप्रमुखको रूपमा रही आएकी बेलायती महारानी एलिजावेथलाई विस्थापित गर्ने गरी गणतान्त्रिक प्रणाली अनुरूप पहिलो राष्ट्रपतिको रूपमा  उनी निर्वाचित भएकी हुन् छिन् ।

७२ वर्षीया डेम सान्द्रा म्यासनले ३० नोभेम्बरका दिन बेलायतबाट स्वतन्त्र भएको ५५औं स्वतन्त्रता दिवसको अवसरमा पहिलो राष्ट्रपतिको रूपमा सपथ लिने छिन् ।

सन् २०१८देखि म्यासनले बारबादोसको गभर्नर जनरल रही आएकी थिइन् ।

गत वर्ष सरकारले देशलाई गणतन्त्र घोषणा गर्ने निर्णय गरेको थियो ।

सन्१९९८मा संवैधानिक पुनरावलोकन गरी परिवर्तन गर्ने सिफारिस गरिएको थियो ।ऐतिहासिक निर्वाचन पछि हाउसको संयुक्त सदनमा प्रधानमन्त्री मिया मोटलीले मतदानलाई राष्ट्रको लागि मौलिक क्षण भनी व्याख्या गरेका थिए ।

दुई लाख ८५ हजार हजार जनसंख्या भएको बारबादोस क्यारिबियन टापूको सर्वाधिक जनसंख्या तथा समृद्धि भएको देश मध्ये एक हो ।कुनै बेला चिनीको निर्यातमा यहाँको अर्थतन्त्र निर्भर थियो ।

अहिले यसको अर्थतन्त्रमा विविधीकरण भइ पर्यटन तथा वित्तको विकास भएको छ । बारबादोस बेलायती उपनिवेश मध्यको गणतन्त्र घोषणा गर्ने पहिलो क्यारिबियन देश होइन् ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको चार वर्ष भित्र गुयानाले सन्१९७०मा गणतन्त्र भयो ।ट्रिनिडाड र टोबागोले यस्तो बाटो १९७६मा अपनायो भने डोमिनिका १९७८मा गणतन्त्र भयो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !