६ आश्विन २०८१, आइतबार

भारत कोइला ऊर्जामा अझै टिक्न खोजेको खुलासा

प्रकाशित मिति :  21 October, 2021 4:59 pm


काठमाडौं । भारत केही दशक अझ कोइलाबाट उत्पादन हुने बिजुलीमा भरपर्ने योजनाको खुलासा भएको छ ।

संयुक्त राष्ट्रबाट चुहिन पुगेको दस्तावेजहरूबाट यस्तो खुलासा हुन पुगेकाो बीबीसीले जनाएको छ ।

राष्ट्रसंघमा पूर्णरूपमा जीवाश्म इन्धनबाट पूर्णरूपमा हटन नपाउने विषयमा लबिङ गर्ने केही देशहरू मध्ये भारत एक भएको ती दस्तावेजबाट देखिन्छ ।

ती देशहरूलाई नोभेम्बरमा हुने कोप ट्वेन्टी सिक्स जलवायु शिखर सम्मेलनमा हरितगृह उत्सर्जन कटौती गर्न आग्रह गरिने भएको छ ।

चीन र अमेरिका पछि भारत कार्बन उत्पादन गर्ने विश्वको तेस्रो ठूलो देश हो ।

सन्२०३०सम्म विद्युतीय क्षमताको ४० प्रतिशत नवीकरणीय तथा परमाणु ऊर्जाबाट पूरा गर्ने उद्देश्य लिएको छ । यो लक्ष्य जलवायु कार्य पछ्याउने क्याटले निर्धारण गरे अनुसारको उद्देश्य हो ।

कोइलाको दोस्रो ठूलो उपभोक्ता भारतमा अहिले पनि कोइला बिजुलीको हिस्सा ७० प्रतिशत रहेको छ ।

कोइलालाई त्याग गर्न भारतलाई कठिन हुने भनी भारतले वैज्ञानिकहरूको टोलीलाई भनेको ग्लासगोमा हुने सो शिखर सम्मेलन अघि राष्ट्रसंघीय रिपोर्टमा उल्लेख भएको छ ।

विश्वको सबै भन्दा बढी कार्बन उत्पादन गर्ने र कोइलाको उपभोक्ता चीनले सन् २०६०समम कार्बन उत्सर्जन समाप्त पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !