३ आश्विन २०८१, बिहिबार

नेपाल एग्रो लघुवित्तको जगेडा कोषको आकारसँगै खुद नाफा बढ्यो

प्रकाशित मिति :  16 February, 2020 10:47 am


काठमाडौं, ४ फागुन।नेपाल एग्रो लघुवित्त (NAGRO) ले गत वर्षको दोस्रो त्रैमासमा आफ्नो जगेडा कोषको आकारसँगै खुद नाफा बढाएको छ ।

आइतबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले ९८ लाख ३३ हजार रहेको जगेडा कोषको आकार बढाएर १ करोड ५८ लाख १० हजार पुर्याएको छ । यस्तै यस अवधिमा कम्पनीले ६४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीले १३ लाख १३ हजार अर्थात ४५.५३ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा कम्पनीले ४५ लाख २ हजार नाफा गरेको थियो।

लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि उसको खुद नाफा बढेको हो। अघिल्लो वर्ष १ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले हाल २ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै कम्पनीले सञ्चालन नाफा पनि अघिल्लो आवको यसै अवधिको तुलनामा ६० लाख बढेर ६६ लाख ९३ हजार पुगेको छ।

यस अवधिसम्ममा लघुवित्तले २३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड ६५ लाख रुपैयाँ सापटी लिएर गरी ६९ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तले समीक्षा अवधिमा चुक्ता पूँजी २ करोड ३६ लाख ४४ हजार रुपैयाँले बढाएर ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ। लघुवित्तको खराब कर्जा अनुपात ०.७७ बिन्दुले बढेर १.३३ प्रतिशतमा पुगेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२.४१ रुपैयाँ  र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७६ पैसा र मुल्य आम्दानी अनुपात ५५.८७ गुणा छ।



प्रतिक्रिया दिनुहोस !