६ आश्विन २०८१, आइतबार

चीनको आक्रमणबाट ताइवानलाई अमेरिकाले जोगाउने बाइडनको भनाइ

प्रकाशित मिति :  22 October, 2021 2:42 pm


काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले चीनको आक्रमणबाट ताइवानलाई जोगाउने बताएका छन् ।

चीनले ताइवानमाथि आक्रमण अमेरिकाले जोगाउने दीर्घकालीन विदेश नीति रहेको उनले जनाए ।

तर राष्ट्रपति कार्यालयका एक प्रवक्ताले त्यसपछि केही मिडियालाई राष्ट्रपतिकाो अभिव्यक्तमा कुनै खास परिवर्तन नदेखिएको जनाएका छन् । अमेरिकासँग एक कानुन छ जस अन्तर्गत ताइवानलाई जोगाउनुपर्ने जनाउँछ ।

तर यसले रणनीतिक दुविधाको नीति अगाडि बढाउँछ । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले के गर्ने भन्ने विषय स्पस्ट नभएको देखिन्छ ।

बाइडनले भनेको यो विषयबारे चीनले कुनै किसिमको प्रतिक्रिया तत्काल जनाइसकेको छैन् ।

सीएनएन टाउन हलमा भएको कार्यक्रममा एक सहभागीले चीनले हाइपरसोनिक मिसाइल परीक्षण गरेको विषयमा संकेत गर्दै बाइडनलाई सोधेको प्रश्नको जवाफमा बाइडनले चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

चीन रुस र बाँकी विश्वलाई थाहा छ हामी विश्व इतिहासमा सबै भन्दा शक्तिशाली सेना भएको देश छौं । त्यसपछि सीएनएनका एंकर एन्डरसन कूपरले चीनको आक्रमण ताइवानमाथि भए अमेरिकाले ताइवानको रक्षाका लागि आउनेछ भनी सोधेको जवाफमा बाइनडले भने“ हो हामी यसो गर्न प्रतिबद्ध छौं ।”

अमेरिकाको ताइवानसँग कुनै औपचारिक कुटनीतिक सम्बन्ध छैन् । तर हतियार बिक्रीको सन्दर्भमा भएको अमेरिकको ताइवान रिलेसन एक्ट छ । यसले अमेरिकाले ताइवानलाई सुरक्षा सहयोग उपलब्ध गराउनु पर्छ भनेको छ ।

अमेरिकाको औपचारिक कुटनीतिक सम्बन्ध चीनसँग छ र त्यो सम्बन्धमा एक चीनको नीतिलाई मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !