६ आश्विन २०८१, आइतबार

चीनले सम्पत्ति करको ‘पाइलट स्किम’ अगाडि बढाउने

प्रकाशित मिति :  23 October, 2021 3:59 pm


काठमाडौं । चीनले केही क्षेत्रमा सम्पत्ति करको ‘पाइलट स्किम’ अगाडि बढाउने भएको छ ।

चीनको संसदले रिअल इस्टेट कर लगाउने निर्णय गरेको सिन्हवाले जनाएको छ ।

चीनको राज्य परिषद्ले सम्पत्ति कारणको निर्धारण गर्ने भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले रिअल इस्टेट क्षेत्रमा गर्न लागेको यो पहललाई समर्थन गरेका छन् ।

सन् १९९०को दशकमा द्रुतगतिमा शहरीकरण भएदेखि निजी क्षेत्रको हाउजिङ बजार २००० प्रतिशत भन्दा बढीले बढेको छ ।

तर घरको मूल्यमा गिरावट आइ यो क्षेत्रमा देखिएको तनावका बेला करसम्बन्धी योजना अगाडि आएको हो ।

रिअल इस्टेट कर आवासीय र गैर आवासीय क्षेत्रको सम्पत्तिमा लागु हुने छ ।

भूमि र सम्पत्तिका मालिकहरूमा यो कर लागु हुने छ । तर गाउँ क्षेत्रका बासिन्दाहरूलाई यो कर नलाग्ने सिन्हवाले जनाएको छ ।
यो पाइलट स्किम जारी भएको मितिदेखि पाँच वर्षसम्म रहने छ ।



प्रतिक्रिया दिनुहोस !