६ आश्विन २०८१, आइतबार

अन्तर्राष्ट्रिय मुद्रा कोषले एसियाको आर्थिक वृद्धि पूर्वानुमान घटायो

प्रकाशित मिति :  24 October, 2021 2:30 pm


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषा आइएमएफले यसअघि गरेको एसियाली अर्थतन्त्रको पूर्वनुमान घटाएको छ ।

अप्रिलमा गरिएको एसियाको आर्थिक वृद्धिमा १.१ प्रतिशतले कमी आउने आईएमएफले पूर्वानुमान गरेको हो ।

आईएमएफले कोभिड–१९ले अझ यो क्षेत्रलाई समस्या पारिरहेको बताउँदै प्रक्षेपित आर्थिक वृद्धि घटने जनाएको छ ।

तर जुसुकै होस एसिया प्रशान्त क्षेत्र भने अफ द्रुतगतिमा आर्थिक वृद्धि गर्ने क्षेत्रको रूपमा रहने आईएमएफले जनाएको छ ।

चीनको अर्थतन्त्र सन् २०२१मा ८ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । अनि सन् २०२२मा ५.६ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा आईएमएफले गरेकाो छ ।

तर सुधार भने असन्तुलितरूपमा हुने छ । कारण निजी उपभोग कठोर बजेटनीतिका कारण कमजोर रहनेछ ।

सन् २०२०मा धारिलो गिरावटको समाना गरेको भारतले यो वर्ष ९.५ प्रतिशतको वृद्धि गर्ने अनुमान गरिएको छ । जापानको वृद्धि भने २.४ प्रतिशतमा ओर्लिएको छ ।

आईएमएफका अनुसार अस्ट्रेलिया, दक्षिण कोरिया र न्युजिल्यान्ड जस्ता उन्नत अर्थतन्त्रले उच्च प्रविधिबाट फाइदा लिइरहने देखिन्छ ।

उदीयमान बजार तथा विकशील अर्थतन्त्र विशेषगरी आसिआन देशहरूमा अहिले पनि गम्भीर भाइरसका चुनौतीहरू देखिएको आईएमएफले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !