गोला प्रथामा पेसी तोक्न प्रधानन्यायाधीश सहमत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था मिलाउने बताएका छन् ।
पछिल्लो समय विवादमा तानिएका प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणको रूपमा गोलाप्रथाबाट पेसी तोक्ने बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँग आइतबारको भेटमा यस्तो बताएको बार एसोसिएसनक महासचिव लीलामणि पौडेलले बताएका छन् । उनले भने “ पर्सिदेखि परीक्षणका रूपमा गोला प्रथाबाट पेसी तोकिएने छ ।”
विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेसी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेसी तोक्न सुझाव दिएको थियो ।
प्रधानन्यायाधीशले गोला प्रथाबाट पेसी तोक्न आनाकानी गरेको भन्दै उनको विरोध भइरहेको बेला बारका प्रतिनिधिहरू अइतबार भेट गर्न गएका थिए ।
महासचिव पौडेलले प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने उनले बताएको जनाए ।