६ आश्विन २०८१, आइतबार

ताइवानमा भुइँचालो

प्रकाशित मिति :  24 October, 2021 3:21 pm


काठमाडौं । ताइवानमा ६.५ परिमाणको भुइँचालो गएको छ ।

युरोपियन मेडिटेरानियन सिसमोलोजिकल सेन्टरले प्रारम्भिक डेटाको आधारमा ताइवानमा साढे ६ परिमाणको भुइँचालो गएको हो ।

ताइवानको उत्तरपूर्व सामुद्रिक किानारमा पर्ने हुआलिअन शहरबाट ६५ किलोमिटर उत्तरपूर्वमा करिब ६० किलोमिटर गहिराईमा भुँइचालोले धक्का दिएको सेन्टरले जनाएको छ ।

भुइँचालोको कम्पन राजधानी ताइपेइसम्म महशुस गरिएको छ ।

भुइँचालोबाट धनजनको क्षतिबारे तत्काल कुनै रिपोर्ट सार्वजनिक नभएको सीएनएनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !