६ आश्विन २०८१, आइतबार

मिसाइल पड्काउन छोडेर उत्तर कोरियालाई वार्तामा आउन अमेरिकाको आग्रह

प्रकाशित मिति :  24 October, 2021 4:19 pm


काठमाडौं । मिसाइल पड्काउन छोडेर उत्तर कोरियालाई वार्तामा आउन अमेरिकाले आग्रह गरेको छ ।

उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत सुङ किमले दक्षिण कोरियाली अधिकारीहरूसँगको बैठक पछि यस्तो आग्रह गरेका हुन् ।

हालै उत्तर कोरियाले पानी मुनिबाट ब्लास्टिक मिसाइल परीक्षण गरेको थियो ।

अमेरिकी विशेषदूत किमले भने “ क्षेप्यास्त्र पड्कााउन छोडेर उत्तर कोरियालाई वार्तामा आउन आग्रह गर्छौं । हामी उत्तर कोरियासँग बिनासर्त भेटवार्ता गर्न तयार छौं । अमेरिकाले उत्तर कोरियासँग कुनै शत्रुता राख्न नखोजेको स्पस्ट पारेका छौं ।”

गत मंगलबार उत्तर कोरियाले हालैका सातामा हातहतियारको पाँचौं चरणमा पनडुब्बीबाट ब्लास्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।

सन् २०१९को अक्टोबार यता उत्तर कोरियाले पानीमुनिबाट क्षेप्यास्त्र परीक्षण गरेको गतसाता पहिलो पटक हो ।

पनडुब्बीबाट मिसाइल प्रहार गर्दा समयपूर्व पता लगाउन कठिन हुने गरेको छ ।

पनडुब्बी मिसाइल प्रक्षेपण गर्न अघि उत्तर कोरियाले नयाँ हातहतियार प्रणालीको परीक्षण गरेको थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पटक पटक प्रत्यक्ष भेटवार्ता गरेपनि कुनै सम्झौता हुन सकेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !