९ माघ २०८१, बुधबार

राउतको जनमत पार्टीले साताव्यापी आन्दोलन गर्ने

प्रकाशित मिति :  24 October, 2021 4:51 pm


काठमाडौं । पक्राउ परेको कार्यकर्ता छुटाउन डा. सीके राउतको जनमत पार्टीले विभिन्न किसिमको आन्दोलनको घोषणा गरेको छ ।

वडा वडामा युवा दस्तालाई प्रशिक्षण दिनुका साथै विभिन्न आन्दोलनको कार्यक्रम आइतबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिले तय गरेको हो ।

सोमबारदेखि सञ्चालन गरिने जनमत पार्टीको चरणबद्ध आन्दोलनका कार्यक्रमहरूमा जिल्लाका सदरमुकाममा सिट्ठी जुलुस सोमबार, पालिकामा बाइक ¥याली मंगलबार, वडामा कोणसभा र मशाल जुलुश बुधबार निकाल्ने, बिहीबार आरपारको आन्दोलनका लागि युवा दस्तालाई प्रशिक्षण दिने , शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुश गर्ने रहेका छन् ।

पार्टीले यो आन्दोलन पछि थप कार्यक्रम अर्को साता तय गर्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको पार्टीका नेताहरूले बताएका छन् ।

जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न गरी हिलो छ्यापी नगरपरिक्रमा गराउने कार्यमा संलग्न १७ जना कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने योजना प्रहरीको रहेको छ ।

पक्राउ परेयता नेता कार्यकर्ताहरूको रिहाइका लागि दिनहुँ जनमत पार्टीले विरोधका कार्यक्रमहरू गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !