रोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायाे
काठमाडौं । रोटरी क्लब अफ कपनले सेन्ट जर्ज स्कुलमा पोलियो सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरेको छ ।
रोटरी इन्टरनेशनलले सधैंका लागि पोलियो निर्मुलिकरण अभियान प्रत्येक वर्ष २४ अक्टोबरमा विश्व पोलियो दिवस मनाउने गरेको जनाएको छ ।
रोटरी क्लब अफ कपनले काठमाडौं महानगरपालिका वाड नं ५ मा रहेको सेन्ट जर्ज स्कुलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोलियो सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि विद्यालयमा भएका सबै विद्यार्थीहरुलाई माक्स वितरण गरेको हो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष शिवहरि खनाल , अध्यक्ष डा. तेज रोक्का, उपाध्यक्ष शुचिता काफ्ले, क्लबका सचीव एवं विद्यालयका अध्यक्ष प्रल्हाद दाहालको सहभागिता थियो ।
रोटरियन मिलन रोक्काले विद्यार्थीहरुलाई पोलियोको बारे जानकारी गराएका थिए । विद्यार्थीका प्रश्नहरुको उत्तर क्लबका सचीव प्रल्हाद दाहालले प्रष्ट पारे ।