६ आश्विन २०८१, आइतबार

सुडानमा सत्तापलट ,प्रधानमन्त्री नजरबन्द

प्रकाशित मिति :  25 October, 2021 12:48 pm


काठमाडौं । सुडानको संक्रमणकालीन सरकारका सदस्यहरू र अन्य नागरिक नेताहरू गिरफ्तार भएका छन् ।

प्रधानमन्त्री अब्दाल्लाह हमदोकलाई अज्ञात सैनिकहरूको समूहले नजरबन्द गरेको छ ।

सेनाले कुनै टिप्पणी गरेको छैन् तर लोकतन्त्र समर्थक समूहहरूले सडक प्रदर्शन गर्न आग्रह गरेका छन् ।

दुई वर्ष अघि ओमार अल बशिरलाई सत्ताच्युत गरिएपछि संक्रमणकालीन सरकार बनेको थियो ।

यो सत्ता पलटको पछाडि को रहेको अहिलेसम्म स्पस्ट भइनसकेको बीबीसीले जनाएको छ ।

फेसबुकमा दिइएको जानकारी अनुसार सूचना मन्त्रालयले यो कारबाही सेनाको संयुक्त सैनिक बलको तर्फबाट गरिएको जनाइएको छ ।

गिरफ्तार गरिएका नेताहरूलाई अज्ञात स्थलमा लगिएको छ ।

अमेरिकाले यो सत्ता पलटबाट चिन्ता व्यक्त गरेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट डाउन भएको छ । क्रुद्ध जनताहरूले सडकमा आगो बालिरहेको तस्बिर सामाजिक सञ्जालमा देखिएका छन् ।

सेना र अर्धसैनिक बल शहरभर तैनाथ गरिएको छ । उनीहरूले प्रदर्शनलाई रोकिरहेका छन् ।

राजधानी खार्तोमको विमानस्थल बन्द गरिएको छ । अन्तर्राष्ट्रिय विमानहरू निलम्बन गरिएका छन् ।

सुडनाको प्रमुख लोकतान्त्रिक समूहले आफ्ना समर्थकहरूलाई कुनै पनि सैनिक सत्ता पलटको विरोध गर्न आह्वान गरेको छ ।

सेना र नागरिक समूहको संक्रमणकालीन सरकार सन् २०१९मा राष्ट्रपति बशिरलाई अपदस्थ गरेयता सञ्चालनमा रहेको थियो ।

सुडानको सत्ता सेना र नागरिक समूहबीच साझेदारी गरिएको थियो । फोर्स फर फ्रिडम एन्ड चेन्जको गठबन्धनका नेताहरूलाई गिरफ्तार गरिएको छ ।

सुडानको संक्रमणकालीन सरकारको प्रतिपक्षीहरूले यो महिना सेनालाई सत्ता कब्जामा लिन प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !