१३ मंसिर २०८१, बिहिबार

बैंक अफ काठमाडौंद्वारा सेयरधनीलाई १४ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  26 October, 2021 1:06 pm


काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

बैंकको हिजो कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !