१३ मंसिर २०८१, बिहिबार

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  26 October, 2021 1:33 pm


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हिजो कार्तिक ८ गते, सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत गरेपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !