१३ मंसिर २०८१, बिहिबार

६ महिनापछि लाइसेन्सको अनलाईन आवेदन खुल्यो

प्रकाशित मिति :  26 October, 2021 2:00 pm


काठमाडौं । गत वैशाखदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलेको छ । आज देखि लाइसेन्सको आवेदन अनलाईनमार्फत दिन सकिने व्यवस्था गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।

यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ । यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।



प्रतिक्रिया दिनुहोस !