नेपाल मेडिकल काउन्सिलले १३९ चिकित्सकको नाम हटायो
प्रकाशित मिति : 26 October, 2021 2:38 pm
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १३९ चिकित्सकको नाम हटाएको छ । आज नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण अध्यावधिक गरेसँगै १३९ जनाको नाम हटाएको काउन्सिलले जनाएको छ ।
जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् ।
काउन्सिलको नियम अनुसार दर्ता किताब दुरुस्त राख्नुपर्छ । दर्ता भएका चिकित्सकहरुको नाम, योग्यता, ठेगाना, निधन भएकाहरुको नाम हटाउने, दर्तावाल चिकित्सकले व्यवसाय छाडेमा, ठेगाना बदलेमा रजिस्ट्रारलाई जानकारी दिनुपर्ने व्यवस्था छ । काउन्सिलका अनुसार अहिलेसम्म २८ हजार ४७७ जना दर्तावाल चिकित्सक छन् ।