९ माघ २०८१, बुधबार

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

प्रकाशित मिति :  27 October, 2021 4:33 pm


काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई आह्वान गरेका छन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिएपछि भोली ३ बजेसम्मको समय दिएर प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्‍त गर्न सक्ने सदस्यले मुख्यमन्त्रीमा दाबी गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !