फुटबल प्रशिक्षकमा २ वर्षको लागि पुनः आल्मुताइरी नियुक्त
काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने भएका छन् ।
आल्मुताइरीलाई प्रशिक्षकको रुपमा राख्न कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको एन्फाले जनाएको छ ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए ।
आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।
अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ ।