९ माघ २०८१, बुधबार

ग्वालेक ग्रुपद्वारा दोधारा चाँदनीका बाढीपीडितका लागि खाद्यान्नलगायत सामाग्री सहयोग

प्रकाशित मिति :  27 October, 2021 5:40 pm


काठमाडौं । ग्वालेक ग्रुपले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपीडितका लागि खाद्यान्न लगायतका सामाग्री  हस्तान्तरण गरेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ग्वालेक ग्रुपका अध्यक्ष पीताम्बर जोशीले एक कार्यक्रमकाबीच आज बाढीपीडितहरूका लागि चामल, सोडा,साबुन नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

डेढ सय बोरा चामल, लुगाधुने साबुन, भाँडाधुने साबुन र सोडा दोधाराचाँदनीका मेयर वीरबहादुर सुनारलाई हस्तान्तरण गरेको अध्यक्ष जोशीले जानकारी दिए ।

उनले भने,“बाढीले दोधारा चाँदनीका जनताको दुख देखेर सानै भएपनि राहत दिने सोच बनाएको हुँ,काँग्रेस नेताद्वय रमेश लेखक र यज्ञराज जोशीले समेत आग्रह गर्नुभयो , अनि केही गर्नुपर्छ भन्ने सोच राखेर सहयोग गरेको हुँ ।”

जोशी कांग्रेसको राजनीतिमा पनि सकृय छन् । राहत ग्रहण गर्दै दोधारा चाँदनीका मेयर बीर बहादुर सुनारले उद्योगी तथा काँग्रेस नेता जोशीबाट प्राप्त भएको खाद्यान्न विपन्नलाई वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा काँग्रेस नेता गणेश भट्ट, नेविसंघ पूर्व जिल्ला अध्यक्ष गंगादत्त भट्ट लगायत नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । उद्योगी जोशीले राहत हस्तान्तरण गरेसंगै बाढीपीडितले खाद्यान्न दाता जोशीप्रति आभार प्रकट गरेका छन् ।

बाढीका कारण खाद्यान्न समस्या भइरहेका बेला ठूलो परिमाणमा खाद्यान्न एव सरसफाईका समाग्री सहयोग गरेको भन्दै जोशीप्रति नगरपालिका तथा पीडितहरूले आभार प्रकट गरेका छन ।

विगतमा पनि जोशीले कोरोना महामारीसंगै विभिन्न महामारी विपद्का बेला खाद्यान्न, स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !